छैठौं संस्करणको स्थानीय तह शहीद स्मृति अन्तराष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता १६ माघबाट सुरु हुने भएको छ । हेटौंडा–६ स्थित गौरीटार रंगशालामा हुने प्रतियोगिता २७ माघसम्म सञ्चालन हुने आयोजक मकवानपुर जिल्ला फुटबल संघले ५ माघमा हेटौंडामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो।

बागमती प्रदेश सामाजिक विकास मन्त्रालय तथा मकवानपुरका १० वटै स्थानीय तहको मुख्य प्रायोजनमा हुने प्रतियोगिताको यस संस्करणमा देशका चर्चितसहित १२ वटा फुटबल क्लवको सहभागिता रहने जनाईएको छ । प्रतियोगितामा चर्च ब्वाईज क्लब, संकटा क्लब, हिमालयन शेर्पा क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलीस क्लब, मच्छिन्द्र क्लब, मनाङ म¥स्याङदी क्लब, बागमती युथ क्लब, थ्रि स्टार क्लब, रिगल हेटौंडा रिसोर्ट र राजारानी क्ल्ब धनकुटा र एउटा विदेशी क्लब पारा एफसी भुटानको सहभागिता रहने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेताले १५ लाख र उपविजेता टिमले नगद १० लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई बुलेट मोटरसाइकल प्रदान गरिने छ । सर्वोत्कृष्ट खेलाडीलाई बुलेट मोटरसाइकल परशुराम स्मृति प्रतिष्ठानले प्रायोजन गरेको आयोजकले जनाएको छ ।

यस्तै प्रतियोगितामा विधागत उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड तथा प्रशिक्षकले जनही नगद २५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्ने बताईएको छ । भने, प्रत्येक खेलको म्यान अफ द म्याचले नगद १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगिता सञ्चालनका लागि एक करोड ६० लाख ५० हजार लागत अनुमान गरिएको मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिका लामाले बताए ।

पालिका प्रेस
थप जानकारी