मकवानपुरको थाहा नगरपालिका अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा सम्बन्धी अनुदानका लागि छनोटमा परेको छ । मकवानपुर जिल्लामा थाहा र मकवानपुरगढी गाउँपालिका छनोट भएका हुन् ।

बागमती प्रदेश सामाजिक विकास मन्त्रालय अन्तर्गत शिक्षा विकास निर्देशनालयले १० जिल्लाका १८ स्थानीय तह अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा सम्बन्धी अनुदानका लागि छनोट गरेको हो । बागमती प्रदेशकमा १३ जिल्लामा १ सय १९ स्थानीय तह रहेका छन् ।

यसैबीच विपद व्यवस्थापनका लागि शिक्षा विकास निर्देशनालयले थाहा नगरपालिकाको सरस्वती माविलाई छनोट गरेको छ । बागमती प्रदेशका २५ विद्यालय छनोट गर्दा थाहा नगरपालिका वडा नम्बर ७ को सरस्वती मावि समावेश भएको हो । सरस्वती माविले विद्यालयमा विपद व्यवस्थापनको कार्य गर्न सम्झौता पश्चात् ७ लाख रुपियाँ पाउने छ । निर्देशनालयले विद्यालयहरुलाई सम्झौता गर्न यहि ११ माघमा बोलाएको छ ।

विपद व्यवस्थापनका लागि छनोट भएका विद्यालयहरुका लागि शिक्षा विकास निर्देशनालय हेटौंडाले न्युनतम ६ लाख देखि अधिक्तम १० लाख पाउने विद्यालयहरु गरी कुल १ करोड ९५ लाख रुपियाँ वितरण गर्ने भएको छ ।

अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा सम्बन्धी अनुदानका लागि छनोट स्थानीय तहः

विपद व्यवस्थापनका लागि छनोट विद्यालयहरूः

 

पालिका प्रेस
थप जानकारी