मकवानपुर जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डमा थाहा नगरपालिका–१ घर भएकी दिना गोपालीले प्राप्त गरेको स्वर्ण पदकको संख्या ३ पुगेको छ । १३ माघबाट हेटौंडामा शुरु भएको १४ औँ संस्करणको जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा गोपालीले छात्रातर्फको २ सय मिटरको दौड प्रतियोगितामा १४ माघमा स्वर्ण उपाधि पाएसंगै स्वर्ण पदकको संख्या ३ पुगेको हो ।

यसअघि १३ माघमा भएको १०० मिटर दौड र लङ जम्प प्रतियोगितामा उनले दुई स्वर्ण हात पारेकी थिइन् । गोपाली थाहा नगरपालिका–६ स्थित इअन एकेडेमी कक्षा आठमा अध्ययनरत छात्रा हुन् ।

उनले गतवर्ष भएको बागमती प्रदेशस्तरीय छात्रातर्फको १०० मिटर र २०० मिटर दौड प्रतियोगितामा स्वर्ण पदक जितेकी थिइन् भने १३ औँ संस्करणको जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा १०० मिटर र २०० मिटरमा पनि स्वर्ण जितेकी थिइन् ।

पालिका प्रेस
थप जानकारी