मकवानपुर थाहा नगरपालिका वडा नम्बर ३ की दम रोगबाट पीडित एक महिलालाई अक्सिजन कन्सलटेटर सहयोग ग्िएको छ । ३ नम्बर वडाध्यक्ष अध्यक्ष हिरेन्द्र कुमार रायमाझीको पहलमा ५८ वर्षिया महिलालाई करिब एक लाख बराबरको अक्सिजन कन्सलटेटर सहयोग गरिएको हो । ति महिला ८ वर्षदेखि दम रोगबाट पीडित हुँदै आएकी थिइन् ।

पाटन स्वास्थ्य बिज्ञान प्रतिष्ठानको समुदायमा आधारित प्रशामक सेवा कार्यक्रमसंग सहकार्य गरी उक्त कन्सुलेटर प्रदान गरिएको अध्यक्ष रायमाझीले बताए । समुदायमा आधारित प्रशामक सेवा कार्यक्रम अन्तर्गत स्वास्थ्य संस्थामा उपचारको लागि सजिलै आउन नसक्ने क्यान्सर, दम लगायत पीडामा छटपटाइरहेका बिरामीहरुको लागि घरमै पुगी स्वास्थ्य चेकजाँच गर्दै आइरहेको छ ।

प्रशामक सेवा संस्थाले थाहा नगरपालिका भित्र १९ वटा यस्ता मेसिन बिरामीलाई निःशुल्क प्रदान गरिसकेको छ । क्यान्सर जस्ता घातक रोगहरुको उपचार गर्न थाहाका टिस्टुङ स्वास्थ्य चौकी, चित्लाङ, बज्रवाराही, पालुङ र आग्रा स्वास्थ्य चौकीका स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरुलाई तालिम समेत प्रदान गर्दै आइरहेको प्रशामक सेवा कार्यक्रम थाहाका प्रमुख चिनिया लामाले बताए ।

पालिका प्रेस
थप जानकारी