सरकारले सामुदायिक विद्यालयको शिक्षक तथा कर्मचारीको दरबन्दी मिलानका साथै सरुवा व्यवस्थापनको अधिकार प्रस्ताव गरिएको छ । स्थानीय सरकार सञ्चालन ऐन–२०७४ मै यस्तो व्यवस्था गर्न संशोधनका लागि बनेको विधेयकको मस्यौदामा यस्तो प्रस्ताव गरिएको हो ।

प्रस्तावित विधेयकमा स्थानीय तहलाई हाल ऐनले आधारभूत शिक्षासम्बद्ध अधिकार मात्रै अधिकार तोकेकोमा अब आधारभूत र माध्यमिक तह उल्लेख गरेर अधिकार दिन प्रस्ताव गरिएको छ ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा सामुदायिक विद्यालयको शिक्षक तथा कर्मचारीको दरबन्दी मिलानको मात्रै व्यवस्था थियो । प्रस्तावित मस्यौदामा कार्यक्षेत्रलाई थप गर्दै स्पष्ट गर्न प्रस्ताव गरिएको छ ।

पालिका प्रेस
थप जानकारी