थाहा नगरपालिका स्काउट समितिको स्थानीय आयुक्तमा गणेशमान श्रेष्ठ मनोनित भएका छन् । नेपाल स्काउट ऐन, २०५० तथा नेपाल स्काउट नियमावली–२०७७ को दफा २१ बमोजिम श्रेष्ठलाई थाहा नगरपालिकाका प्रमुख तथा थाहा नगरपालिका स्काउट संरक्षक विष्णु बहादुर विष्टले स्थानीय आयुक्तमा ६ फागुनमा मनोनित गरेका हुन् ।

स्थानीय स्काउट परिषदको ४ फाुगनमा सम्पन्न बैठकले श्रेष्ठलाई आयुक्तमा सिफारिस गरेको थियो । २२ माघमा सम्पन्न स्थानीय स्काउट परिषद सदस्यमा श्रेष्ठसहितका अन्य १० जना सदस्यहरु निर्वाचित भएका थिए । आयुक्तमा मनोनित भएसंगै प्रमुख विष्टले आयुक्त श्रेष्ठलाई शुभकामनासहित बधाई दिएका छन् ।

थाहा नगरपालिका स्काउटमा अब संरक्षक नगर प्रमुख बिष्णु बहादुर विष्ट, प्रमुख नगर उपप्रमुख भरत गोपाली, आयुक्त गणेशमान श्रेष्ठ रहेका छन् । सदस्यहरुमा कुमार नेगी, विनोद लामिछाने, राम महर्जन, कृष्ण प्रसाद लामिछाने, मिना महर्जन, सुमित्रा के सी, गंगा नेपाल, सावित्री के सी, रेणुका गुरुङ, सचिव थाहा नगरपालिका शिक्षा शाखा प्रमुख माधब बिक्रम मल्ल रहेका छन् ।

पालिका प्रेस
थप जानकारी