एकैपटक ४३ जना सहसचिवको सरुवा तथा पदस्थापन भएको छ । १४ फागुनको मन्त्रिपरिषद बैठकले बढुवापछि पदस्थापन हुने २९ जनासहित ४३ सहसचिवको जिम्मेवारी संघ, प्रदेश तथा स्थानीय तहमा तोक्ने र हेरफेर गर्ने निर्णय गरेको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ४ फागुनमा ४० जना सहसचिवको नाम सरुवा तथा पदस्थापनका लागि भन्दै पठाएको थियो । तर, अर्थ मन्त्रालयले २ जना सहसचिवको नाममा असहमति जनाएपछि निर्णय हुन सकेको थिएन ।

मन्त्रिपरिषद्को निर्णयअनुसार हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतमा रामबाबु पुरी सरुवा भएका छन् । अरुण पोखरेल प्रदेश आर्थिक मामिला मन्त्रालय सुदुरपश्चिमबाट गृह मन्त्रालयमा सरुवा भएका छन् । कोषहरि निरौला अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट गृह मन्त्रालयमा आएका छन् ।

हेर्नुस्, कसको सरुवा र पदस्थापन कहाँ भयो ?

पालिका प्रेस
थप जानकारी