हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ मा तिल्केश्वर खेल मैदान निर्माण हुने भएको छ । मैदानको १९ फागुनमा नगर प्रमुख मीनाकुमारी लामाले शिलान्यास गरेकी छन् । चालु आर्थिक बर्ष २०८०÷०८१ मा उपमहानगरले बिनियोजन गरेको बजेट मार्फत निर्माण हुने मैदानको सनिवार नगर प्रमुख लामाले शिलान्यास गरेकी हुन् ।

उपमानगरले चालु आर्थिक बर्षमा छुट्याएको १५ लाख सहित उपभोक्ता तथा अन्य गरी १६ लाख ६७ हजार ८४९ रुपियाँको लागतमा आउँदो वैशाखसम्ममा निर्माण गर्ने लक्ष्य रहेको छ । नगर प्रमुख लामाले शिलान्यास गरेसँगै मैदान निर्माणको काम अघि बढ्ने निर्माण समितिका अध्यक्ष बिज्ञानकुमार नेपालले जानकारी दिए । उनका अनुसार मैदानको पश्चिम भागमा रहेका खाडललाई ग्याभिङ वाल लगाएर पुर्ने काम सँगै अहिलेका लागि भलिवल, टेबलटेनीस र फुटसल खेलमा लागि मैदानलाई व्यवस्थापन गरीने छ । चालु बर्ष छुट्याएको बजेट मार्फत पहिलो चरणको काम गरेसँगै आगामि बर्षका लागि पनि बजेट माग गर्न आवश्यक रहेको उनले बताए ।

मैदानको शिलान्यस गर्दै नगर प्रमुख लामाले उपमहानगरले खेल र खेलाडीका लागि आवश्यक बजेट छुट्याएर काम गरीरहेको बताइन् । उनले उपमहानगरले नगरका बिभिन्न वडाहरुमा रहेका मैदानलाई व्यवस्थित गर्नका लागि बजेट बिनियोजन गर्दै कामलाई अघि बढाएको बताइन् । खेल मैदानलाई व्यवस्थित गर्दै खेलाडी उत्पादन गर्ने कामम उपमहानगर रहेको उनले बताइन् ।

शिलान्यास कार्यक्रममा हेटौंडा ११ का वडा अध्यक्ष जुना दाहालले अहिले प्रारम्भ भएको मैदानको कामलाई अघि बढाउन आवश्यक सहयोग गर्ने बताइन् । अहिले नगरबाट आएको बजेटबाट काम थालिएका भएपनि आगामि समयमा वडाको पनि समन्वय र सहकार्य रहने उनले बताइन् । यसरी मैदान निर्माण गर्न सके वडाबाट खेलाडी उत्पादनमा सहयोग पुग्ने उनको भनाई थियो । मैदान निर्माण समितिका अध्यक्ष नेपालको अध्यक्षतमा भएको कार्यक्रममा हेटौंडा–११ का वडा सदस्यद्धय संजय विडारी, बिकास नेपाल, डाङडुङ्गे सामुदायीक बनका अध्यक्ष सालिकराम पुडासैनी, टोल बिकास सस्था नगर समन्वय समितिका उपमहानसचिब देबकुमार श्रेष्ठ, टोल बिकास सस्था वडा समन्वय समितिका संयोजक यज्ञबहादुर आचार्य भैरबकुञ्ज टोल विकास सस्थाका अध्यक्ष मेघनाथ रेग्मी लगाएतको आथिथ्यता रहेको थियो ।

पालिका प्रेस
थप जानकारी