बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङशिल्डमा काठमाडौं च्याम्पिय बन्दा मकवानपुर चौथो स्थानमा समेटिएको छ । विभिन्न ६ खेल समावेश प्रतियोगितामा काठमाडौं ३१ स्वर्ण, १२ रजत ९ कास्यसाथ सग्रमा टिम च्याम्पियन बनेको हो ।

बागमती प्रदेश खेलकुद विकास परिषद्ले चितवनमा आयोजना गरेको प्रतियोगितामा चितवन १० स्वर्ण, ६ रजत र १३ कास्यसहित दोस्रो हुन सफल भएको बागमती प्रदेश बोर्ड सदस्य तथा कार्यक्रम संयोजक अभिलाष मैनालीले जानकारी दिए । प्रतियोगितामा ललितपुर तेस्रो हुँदा मकवानपुरले चौथो स्थानमा चित्त बुझायो । ललितपुरले ५ स्वर्ण, ४ रजत र ६ कास्य जितेको हो ।

मकवानपुरले ४ स्वर्ण, २ रजत र १२ कास्य प्राप्त गर्न सफल भयो । मकवानपुरले एथ्लेटिक्स विधामा ३ स्वर्ण र तेक्वान्दोमा १ स्वर्ण गरी ४ स्वर्ण जित्न सफल भएको हो । प्रतियोगितामा विजेतालाई बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव सूर्यलाल भण्डारीले पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा कराते, तेक्वान्दो, भलिबल, कबडी, उसु र एथ्लेटिक्स विधाका खेलहरु सञ्चालन भएका थिए ।

पालिका प्रेस
थप जानकारी