थाहा नगरपालिका वडा नम्बर ४ का १ सय १७ विद्यार्थीले न्यानो कपडा पाएका छन् । ४ नम्बर वडा कार्यालयले चालु आर्थिक वर्ष २०८०÷०८१ का लागि विनियोजित बजेटबाट विद्यार्थीहरुलाई ट्रयाकसुट वितरण गरिएको वडा सचिव पाल्साङ लामाले जानकारी दिए ।

थाहाको ४ नम्बर वडा कार्यालयले आफ्नो वडामा रहेको ३ वटा सामुदायिक विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई कपडा वितरण गरेको हो । वडाले रुप्सेको माहांकाल प्रावि, दामनको ऋषेश्वर प्रावि र ठुलोमाखुमा रहेको बालकुमारी प्राविमा अध्ययनरत छात्रछात्रालाई कपडा वितरण गरिएको थियो ।

कार्यक्रममा ४ नम्बर वडाध्यक्ष नारायण लामा, कार्यपालिका सदस्य चन्द्रमाया बल, शिक्षक महासंघ थाहाका अध्यक्ष राजाराम कार्की, थाहा नगरपालिका शिक्षा शाखा प्रमुख माधव बिक्रम मल्ल वडा सचीव पाल्साङ लामालगायत सहभागी थिए । विद्यालयहरुमा आयोजित कपडा वितरण कार्यक्रममा सम्बन्धित विद्यालयका प्रधानाध्यापक, शिक्षक अभिभावक तथा बालबालिका र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

पालिका प्रेस
थप जानकारी