थाहा नगरपालिका क्षेत्रका सामुदायिक विद्यालयमा अध्यापनरत बाल विकास सहजकर्ताहरुका लागि पाँचदिने क्षमता अभिवृद्धि तालिम शुरु भएको छ । थानाबजारको गंगा होटलमा २७ फागुनबाट शुरु भएको तालिमको थाहानगर उपप्रमुख भरत गोपालीले उद्घाटन गरे । कार्यक्रम उद्घाटन गर्दै गोपालीले मन्टेश्वरी विधीबाट विद्यालयको सानो कक्षादेखि पठनपाठन गराउँदा बालबालिकालाई राम्रो र संस्कारीक बनाउन सकिने बताए । उनले अहिलेको शिक्षा राम्रो र व्यावहारीक हुनुपर्ने बताउँदै अभिभावकले आफ्नो बालबालिकाको शिक्षाका लागि ध्यान दिने वातावरण सिर्जना भएको उल्लेख गरे ।

थाहा नगरपालिकालाई निःशुल्क तथा अनिवार्य शिक्षा घोषणा गर्ने कार्यक्रम अन्तर्गत क्षमता अभिवृद्धि तालिम आयोजना गरिएको शिक्षा अधिकृत सुर्य बहादुर थिङले जानकारी दिए । थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीको बिशेष आतिथ्यता रहेको कार्यक्रम नगर शिक्षा शाखाका प्रमुख माधव बिक्रम मल्लको सभाध्यक्षतामा भएको थियो ।

सो अवसरमा प्रमुख प्रशासकीय अधिकृत गिरीले सिकालाई प्रभावकारी बनाउन अनुरोध गरे । उनले विद्यार्थीलाई घोकन्ते विद्याभन्दा पनि व्यवहारीक रुपमा सिकाउन सके मात्र उपलव्धी हुने बताए । तालिममा थाहानगरका सामुदायिक विद्यालय अन्तर्गतका ६४ बाल विकास केन्द्रका सहजकर्ताहरुको सहभागिता रहेको छ । तालिमका सहभागीहरुलाई बाल विकास बिषेशज्ञहरु सुशीला भण्डारी, मुना राई र रेणुका श्रेष्ठले सहजीकरण गरिरहेका छन् ।

पालिका प्रेस
थप जानकारी