पब्लिक क्याम्पस प्राध्यापक संघ मकवानपुर बहुमुखी क्याम्पस इकाईको अध्यक्षमा घनश्याम घिमिरे सर्वसम्मत चयन भएका छन् । संघको ३ चैतमा सम्पन्न पाँचौं अधिवेशनबाट घिमिरे संयोजकत्वमा नयाँ कार्यसमिति गठन गरिएको हो ।

यस्तै, संघका उपाध्यक्षमा कृष्ण पौडेल, सचिवमा रविन कोइराला, सह–सचिवमा जयराम गौतम, कोषाध्यक्षमा लिना श्रेष्ठ चयन भएका छन् । यसैगरी, सदस्यहरुमा क्रमशः राजकुमार गौतम, दिनेश विडारी, प्रकाश पहाडी, संरक्षिका थापा, सुशील न्यौपाने र सुमन श्रेष्ठ रहेका छन् ।

पालिका प्रेस
थप जानकारी