मकवानपुरको घुर घरधुरीको ४४.३१६ प्रतिशत घर परिवारकोे घरभित्रै धारा रहेको छ । त्यसैगरी ३८.११० प्रतिशत नागरिकको भने घर बाहिर धारा रहेको पाइएको छ । मकवानपुरमा १ लाख ५ हजार ६२० परिवार रहेका छन् । यो तथ्याङ्क हेर्ने हो भने मकवानपुरका ८२.४२६ प्रतिशत घरमा आधारभूत खानेपानीको पहुँच पुगेको मान्न सकिन्छ । देशकै तथ्याङलाई आधार मान्ने हो भने मकवानपुर १२.५७३ प्रतिशतले कमजोर देखिन्छ । नेपालको कुल जनसंख्याको ९५ प्रतिशतले आधारभूत खानेपानीको पहुँच पुगेको सरकारको तथ्याङ्क छ ।

आधारभूत खानेपानीलाई प्रशोधन गरी नेपाल खानेपानी गुणस्तर मापदण्ड कायम गरिएको पानीलाई गुणस्तरीय खानेपानी मानिएको छ भने कुनै पनि मूल वा स्रोतमा पाइप राखेर घरको आँगनसम्म पु¥याई पानी उपभोग गर्नुलाई आधारभूत खानेपानी मानिएको छ । १५ औँ पञ्चवर्षीय योजना (२०७६/७७–२०८०/८१) मा ९९ प्रतिशत नागरिकमा आधारभूत स्तरको खानेपानी र ४० प्रतिशत नागरिकलाई गुणस्तरीय खानेपानी सेवा उपलब्ध गराउने लक्ष्य लिएको थियो । जुन पूरा हुन सकेको छैन । १५ औँ पञ्चवर्षीय योजना चालु आर्थिक वर्ष (२०८०/८१) मा सकिँदै छ । यो तथ्याङ्क अनुसार बागमती प्रदेश राजधानी समेत रहेको मकवानपुर जिल्ला निकै पछाडी रहेको छ ।

मकवानपुरका १० स्थानीय तहको तथ्याङ्क अनुसार ट्युबवेलबाट खानेपानी आपूर्ति गर्ने घरधुरी ५.५५६ प्रतिशत, कभर भएको कुवाबाट १.५३४ प्रतिशत, कभर नभएको कुवाबाट ५.९४८ प्रतिशत, पानीको मूलबाटै ३.६५४ प्रतिशत, खोलाबाट ०.५९४ प्रतिशत, जार बोतलको खानेपानी खानेहरु ०.०८८ प्रतिशत र अन्य ०.२ प्रतिशत रहेको तथ्याङ्क छ ।

तथ्याङ्क अनुसार मकवानपुरका १७.५७३ प्रतिशत घरधुरीले धारा बाहेकको पानी खाने गरेका छन् । यो तथ्याङ्क अनुसार सबैभन्दा बढि बागमती गाउँपालिकाको ३८.४२१ प्रतिशत रहेको छ भने सबैभन्दा कम भीमफेदीको २.८३२ प्रतिशत छ । जिल्लाकै एक मात्र उपमहानगर हेटौंडाका ११.६४२ प्रतिशत नागरिक धारा बाहेकको पानी पिउन बाध्य छन् । थाहा नगरपालिकाको १४.८४३ प्रतिशत परिवार धाराको पहुँच बाहिर छन् ।

पालिका प्रेस
थप जानकारी