मकवानपुरको बकैयामा भएको दुई दिने स्वास्थ्य शिविरमा १ सय ७१ मिर्गौला रोगीका बिरामी  भेटिएका छन् भने ३ जना मिर्गौला फेल भएका बिरामी भेटिएका छन् ।

बकैया गाउँपालिका वडा नम्बर ४, गरगरेमा शुक्रबार र शनिबार भएको नि:शुल्क स्वास्थ्य शिविरमा १ हजार ३ सय जना बिरामीले  सेवा लिएका थिए । तिमध्ये १ सय ७१ जना मिर्गौला रोगका बिरामी भेटिएको बिपि चिन्तन प्रतिष्ठान शिविर  कार्यक्रम संयोजक ध्रुव पाण्डेले जानकारी दिए ।

यस्तै, मिर्गौला फेल भएका ३ जना बिरामीलाई काठमाडौं स्थित धर्मभक्त राष्ट्रिय मिर्गौला प्रत्यारोपण केन्द्रमा रिफर गरिएको कार्यक्रम संयोजक पाण्डेले बताए।

शिविरमा साढे ७ लाख रुपैयाँ बराबरको औषधि नि:शुल्क वितरण गरिएको र २ लाख रुपैयाँ  बराबरको औषधि स्थानीय अस्पताललाई सहयोग गरिएको पनि उनले बताए। बिरामीको  अवस्था हेरि एक महिनासम्मको औषधि दिइएको उनले बताए ।

बिपि चिन्तन प्रतिष्ठानले आयोजना गरेको उक्त शिविरको  बकैया गाउँपालिका स्थानीय आयोजक रहेको थियो।

शिविरमा ९ जना विशेषज्ञ डाक्टरहरुद्वारा सबै किसिमका रोगको उपचार गरिएको थियो।

पालिका प्रेस
थप जानकारी