हेटौँडा उपमहानगरपालिका १८ नम्बर वडा कार्यालयले वडामा रहेका सामुदायिक विद्यालयबाट पालिकास्तरीय आधारभूत तहको परीक्षामा उत्कृष्ट नतीजासहित उतीर्ण विद्यार्थीलाई सम्मान गरेको छ । आइतबार वडा कार्यालयमै जीपीए ३.६ भन्दा बढी अंक प्राप्त गर्ने ९ जना विद्यार्थीलाई व्याग, शैक्षिक सामग्रीसहित सम्मानपत्र प्रदान गरिएको छ ।

पालिकास्तरीय परीक्षा भएकोले वडाले विद्यार्थीलाई प्रोत्साहन गर्ने गरी सम्मान गरेको जनाएको छ । वडामा रहेका तीन वटा सामुदायिक विद्यालयबाट ९ जना विद्यार्थीले ३.६ जीपीए भन्दा बढी अंक प्राप्त गरेका छन् । वडामा रहेको कमला आधारभूत विद्यालयबाट ४ जना, ज्योति माविबाट ३ जना, गोरक्षनाथ माविबाट २ जनाले ३.६ जीपीए भन्दा बढी अंक प्राप्त गरेका छन् । वडाअध्यक्ष अनिल कुमार बानियाँको अध्यक्षतामा सम्मान कार्यक्रम भएको हो ।

कार्यक्रममा वडा सदस्य तोयानाथ तिमल्सिना र योगराज खतिवडा, वडा सचिव दीपेन्द्र ढकाल, वडा बालमैत्री सहजकर्ता अनिष मग्रातीको पनि उपस्थिति रहेको थियो । सम्मान कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै वडा अध्यक्ष बानियाँले विद्यार्थीबीच नभई समग्र शैक्षिक गुणस्तर बढाउन विद्यालयहरुको प्रतिस्पर्धा हुनुपर्ने बताउनुभयो । उहाँले वडा शैक्षिक गुणस्तर सुधार समिति गठन गर्ने प्रतिवद्धता जनाउनु भएको छ । समिति गठनपछि वडाले योजनावद्ध तरिकाबाट शिक्षामा काम गर्ने उहाँको भनाइ रहेको छ ।

पालिका प्रेस
थप जानकारी