जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख ललित घलानले थाहानगरको शैक्षिक विकासको धरोहरको रूपमा रहेको पालुङ बहुमुखी क्याम्पसको विकासका लागि सक्दो सहयोगगर्ने प्रतिवद्धता जनाएका छन् । ८ वैशाखमा भएको पालुङ बहुमुखी क्याम्पसको २१ औं वार्षिकोत्सव तथा परिषद भेलाका प्रमुख अतिथी समेत रहेका घलानले शिक्षामा सहयोग जति गरेपनि अपुग हुने बताए । समस्याको बाबजुद स्थानियले क्याम्पस टिकाइ रहेकोमा उनले धन्यवाद दिए । प्रमुख घलानले क्याम्पस संचालनको निम्ति नयाँ ढंगले सोच्नुपर्ने बताए ।
परिषद भेलामा त्रिभुवन बिश्वबिद्धालयका प्रतिनिधि राजमान महर्जनले जीवन र जगतलाई बुझ्ने र समाजप्रतिको उत्तरदायित्व हुने शिक्षा नै आजको आवश्यकता भएको औल्याए । उनले आर्थिक अभावले क्याम्पस बन्द हुन नदिने बताउँदै प्रविधीमैत्री शिक्षामा जोड दिन आग्रह गरे । यस्को लागि त्रिभुवन विद्यालय सहयोग गर्न तत्पर रहेको जानकारी गराए । थाहा नगर उपप्रमुख भरत गोपालीले नजिकको तिर्थ हेला भन्ने उदाहरण ‘पालुङ क्याम्पस’ भएको बताउदै क्याम्पसले गुणस्तरीय शिक्षा दिन्छ भन्ने सबै तिर सन्देश पु¥याउनू आजको आवश्यकता भएको औल्याए ।
वार्षिकोत्सवको अवसरमा विभिन्न संघसंस्थाले प्रदान गर्ने छात्रवृत्ति समेत प्रदान गरिएको थियो । विषयगत उत्कृष्ट प्राध्यापक सन्तोष हमाललाई बित्त विषयको लागि सम्मानित गरिएको थियो भने उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।सम्मानित हुनेहरूलाई प्रमुख अतिथी जिल्ला समन्वय प्रमुख घलानले कदरपत्र वितरण गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्