मकवानपुरको पूर्वीक्षेत्रस्थित बागमती गाउँपालिका–८, फापरबारीमा कुहिने र नकुहिने फोहोर व्यवस्थापन सामग्री वितरण गरिएको छ । सामुदायिक महिला विकास केन्द्रले फोहोर व्यवस्थापन सामग्री सहयोग गरेको हो ।

कार्यक्रममा खानेपानी तथा सरसफाई डिभिजन नम्बर १ कार्यालय, मकवानपुरले सहयोग पु¥याएको छ । कार्यक्रमको प्रमुख अतिथि बागमती प्रदेश सांसद लक्ष्मी श्रेष्ठले फोहोर व्यवस्थापनमा स्थानीयस्तरमा सक्रिय हुनुपर्ने धारणा राख्नि । स्वास्थ्यहितका लागि पनि गाउँबस्तीलाई संधै सफा राख्नुपर्ने श्रेष्ठको भनाई थियो । कार्यक्रममा सरसफाई, फोहोर व्यवस्थापन, स्थानीय सरकार र स्थानीयबासीको फोहोर व्यवस्थापनमा भूमिका बारे अन्तर क्रियासमेत गरिएको थियो ।

कार्यक्रममा वडाअध्यक्ष इन्द्रमणि तिमल्सिना, जनता माविका प्रधानाध्यापक दिनेश माझी, विद्यालय व्यवस्थापन समिति अध्यक्ष शेरबहादुर रानामगर (क्षीतिज), नेपाली कांग्रेस क्षेत्र नम्बर १ को (क)का सचिव शंकरकुमार पराजुली, संस्थाकी संयोजक उषा घिमिरे पौडेल लगायतको आतिथ्यता रहेको थियो ।

पालिका प्रेस
थप जानकारी