थाहा नगरपालिका वडा नम्बर ३ मा रहेको जनकल्याण माध्यामिक विद्यालयमा नवीनतम खोज, अविष्कार तथा नवप्रवर्तन सम्बन्धि विद्यालयस्तरीय अभिमुखिकरण कार्यक्रम भएको छ । बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय अन्तर्गत युवा वैज्ञानिक प्रोत्साहन कोष ललितपुरको आयोजनामा कार्यक्रम भएको हो । यस किसिमको कार्यक्रम बागमती प्रदेशमै पहिलोपटक विद्यालयस्तरमा भएको हो ।

कार्यक्रममा मत्स्यनारायण मावि, जनकल्याण मावि र झम्केश्वरी माविमा कक्षा ९ र १० मा अध्यनरत बिज्ञानका विद्यार्थी तथा शिक्षकको उपस्थिति रहेको थियो । सहभागीहरुलाई डाक्टर गिरीराज त्रिपाठीले सहजीकरण गरेका थिए । जनकल्याण माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजिव कुमार स्याङ्तानको अध्यक्षता तथा युवा बैज्ञानिक कोषको अध्यक्ष तथा सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सानोभाइ कार्की, वडा नम्बर ३ का अध्यक्ष हिरेन्द्र रायमाझी, सामाजिक विकास मन्त्रालयका गोपाल प्रसाद कंडेल, थाहानगर शिक्षा शाखा प्रमुख माधव विक्रम मल्ललगायत युवा बैज्ञानिकहरुको उपस्थिती रहेको थियो । कार्यक्रमलाई रमा खतिवडाले संचालन गरेकी थिइन् ।

पालिका प्रेस
थप जानकारी