खोप दिने स्वास्थ्यकर्मी तथा विद्यालयका प्रतिनिधिहरुको लागि आइपिभि खोप अभियान २०८१ को लागि एक दिने अभिमुखिकरण गोष्ठी थाहा नगरपालिकामा भएको छ । थाहा नगरपालिका भित्रका सम्पुर्ण विद्यालयका प्रतिनिधि तथा स्वास्थ्यकर्मीहरुको लागि १ जेठमा बज्रवाराही स्वास्थ्य चौकी र गंगा होटलमा कार्यक्रमको आयोजना गरिएको हो।

पोलियो रोग विरुद्धको ओपिभी खोप नियमित खोप कार्यक्रम अन्तर्गत एक बर्ष मुनिका बच्चालाई दिदै आइरहेकोमा यसै रोगको अर्को खोप आइभिपी २०७१ साल देखि २०७३ सालदेखि विश्व बजारमा खोपको अभाव भएपछि बन्द रहेकोमा २०७३ साल पछि जन्मेका बच्चालाई यो खोप लगाउन अत्यावश्यक भएको हो । यो अभियानमा संलग्न हुने बच्चाहरु अधिकांश स्कुल जाने उमेर पुगेको हुँदा विद्यालयसंग समन्वय गरी खोप अभियान संचालन गर्न लागिएको थाहा नगर स्वास्थ्य शाखाका प्रमुख मेघराज बलामीले जानकारी दिए।

गोष्ठीमा थाहा नगरपालिका भित्र रहेका सम्पुर्ण सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षक प्रतिनिधिहरु तथा थाहा नगरपालिका शिक्षा शाखा प्रमुख माधव बिक्रम मल्ल, प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर गगन कार्कीको उपस्थिति रहेको थियो। कार्यक्रममा विद्यालयका प्रतिनिधि हरुले खोप केन्द्र संचालनको लागि र अभिभावकहरुलाइ खवर गर्नको निम्ति सहकार्य गर्ने प्रतिबद्धता जनाएका थिए ।

पालिका प्रेस
थप जानकारी