गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा मकवानपुरको आग्रामा भएको छ । ४ जेठमा थााह नगरपालिका वडा नम्बर ७ डाँडाबासमा भएको भेलाले गोलेको ऐतिहासिक थाकथलो किपटभूमि सिन्धुपाल्चोकको थाङपाल र नुवाकोट लच्याङ ऐतिहासिक सम्पदाको संरक्षण गर्ने घोषणा गरेको छ ।

समाजका सल्लाहकार तथा पुर्व मन्त्री मणि लामा गोलेको प्रमुख आतिथ्यतामा भएको राष्टिय भेलाले विश्वभरका सम्पुर्ण गोले वंशहरुलाई समेट्दै अघि बढ्ने उद्देश्य राखेको समाजको अध्यक्ष मीन गोले तामाङले बताए । कार्यक्रममा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली, समाजका संस्थापक अध्यक्ष जय प्रसाद गोले, समाजका सल्लाहकार तथा पुर्व मन्त्री दावा गोले, नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोले, अल इन्डिया बुद्धिस्ट एशोसियसन भारतका केन्द्रिय सदस्य लिप्चन गोले, केन्द्रिय सदस्य तथा चिफ प्याटर्न बिक्रम गोलेलगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।

समाजका अध्यक्ष मीन गोले तामाङको अध्यक्षतामा भएको भेलाले गोले बंशबाट प्रतिनिधित्व गर्दै निर्वाचित भएका सांसद, प्रदेश सांसद, गाउँपालिका तथा नगरपालिकाका जनप्रतिनिधि तथा कार्यपालिका सदस्यहरुलाई सम्मान गरिएको थियो भने लाप्तावा, लावोन, बोन्वोहरु क्रमशःकान्छा बोन्वो थाङ्पाल गुन्सा, सिन्धुपाल्चोक,मोतिलाल गोले लच्याङ नुवाकोट, राम बहादुर गोले, थाहा ६, राम बहादुर गोले थाहा ७ सहित ४५ जना सहयोगीलाई सम्मान गरिएको थियो ।

साधारणसभाले अध्यक्षको वार्षिक प्रतिवेदन तथा कोषाध्यक्षबाट प्रस्तुत आर्थिक प्रतिवेदन पास गरेको छ ।समाजका केन्द्रिय उपमहासचिव शुभराज गोलेले संचालन गरेको उक्त कार्यक्रममा देश तथा विदेशबाट गरी ५ सय गोले बन्धुहरुको सहभागिता रहेको आयोजकले जानकारी दिएको छ ।

पालिका प्रेस
थप जानकारी