मकवानपुर थाहा नगरपालिकाको खेल क्यालेण्डर अनुसार ९ जेठबाट हुने पाँचौं नगरस्तरीय उपमेयर कप ब्याडमिन्टन प्रतियोगितामा १५ समुह बीच प्रतिस्पर्धा हुने भएको छ । प्रतियोगिताको व्यवस्थापक थाहा व्याडमिन्टन संघका अनुसार सम्पुर्ण खेलहरु नक आउटको आधारमा खेलाईने छ । उद्घाटन खेल साविक विजेता नरेन्द्र मोक्तान र देवकुमार अर्यालको समुह र रोशन गोपाली र घनश्याम श्रेष्ठको समुह बीच हुनेछ ।

बिहान ८ बजे व्याडमिन्टन कभर्ड हल क्याम्पामा थाहा नगरपालिकाका प्रमुख बिष्णु बिष्ट र उपप्रमुख भरत गोपालीले संयुक्त रूपमा उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजक थाहा नगरपालिकाले जनाएको छ । प्रतियोगिताका विजेताले २० हजार नगद शील्ड मेडल तथा प्रमाणपत्र पुरस्कार पाउने भएका छन् । द्वितीय समूहले १५ हजार र सान्त्वना हुनेले ५ हजार पुरस्कार पाउनेछन् । प्रथम पुरस्कार थाहा नगरपालिका वडा नम्बर ६ मा रहेको ॐ अध्याय रिट्रीटले दोश्रो पुरस्कार च्वाईस नेपालले र सान्त्वना पुरस्कार पालुङ भ्याली हार्ट एकेडेमीले प्रायोजन गरेको छ । ट्रफी सौजन्य थाहा नगरपालिका वडा नम्बर १० का अर्जुन बस्नेतले गरेका छन् ।

पालुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले ब्यानर सौजन्य गरेको उक्त प्रतियोगिता ९ जेठे बिहान ८ बजेदेखि थाहा कभर्ड हल क्याम्पा डाँडामा हुने प्रतियोगिताको समन्वय संस्था फरक सोचले जनाएको छ ।

पालिका प्रेस
थप जानकारी