बागमती प्रदेश सरकारले खानेपानी आयोजनाको दीगोपनामा ध्यान दिने नीति लिएको छ । प्रदेश क्षेत्रमा सम्पन्न योजनाहरुलाई दीगो रुपमा सञ्चालन गर्न सरोकारवालाई जिम्मेवार बनाइने नीतिमा उल्लेख छ । खानेपानी आयोजनाहरुको मर्मत संभारमा समेत सरोकारवालालाई नै जिम्मेवार बनाउने प्रदेश सरकारको नीति छ । तर जटिल प्रकृतिको खानेपानी आयोजनाहरुको मर्मतमा प्रदेश सरकारले सहयोग गर्ने जनाइएको छ । १४ जेठमा बागमती प्रदेश सभामा प्रदेश प्रमुख यादवप्रसाद शर्माबाट पेश भएको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रममा यस्तो उल्लेख भएको हो ।

खानेपानीका साथै सिंचाइ आयोजनाको पनि दीगो संचालन व्यवस्थापनमा सरोकारवालालाई जिम्मेवार बनाइने सरकारको नीति छ । आधारभूत स्तरको खानेपानी सेवा पु¥याउन ‘एक घर, एक धारा’ नीतिलाई निरन्तरता दिइने, सिमसार क्षेत्रको संरक्षण, सुख्खाग्रस्त क्षेत्रमा ‘एक टोल, एक पोखरी’, वन क्षेत्रमा पानीको मुहान संरक्षण, पुर्नभरण पोखरी संरक्षण तथा निर्माणका काम गर्ने पनि बागमती प्रदेश सरकारको नीति छ । धाादिङ, रसुवा, नुवाकोट सिन्धुपाल्चोक र दोलखा जिल्लाका हिमाली भेगमा सार्वजनिक, निजी तथा सहकारीसंगको साँझेदारीमा प्राकृतिक खानेपानी प्रशोधन, उत्पादन र निर्यातलाई प्रोत्साहन गर्ने प्रदेश सरकारले नीति लिएको छ ।

प्रदेश सरकारले आर्थिक वर्ष २०८१/०८२ लाई सबैको घरमा शुद्ध खानेपानी सबै किसानको खेतमा सिंचाइ सुविधा पु¥याउन योजनासहित खानेपानी, सरसफाइ तथा सुलभ सिंचाइ वर्षको रुपमा विशेष अभियान चलाउने नीति लिएको छ । सतह सिंचाइ तथा भूमिगत सिंचाइ आयोजना सञ्चालन गर्ने पनि प्रदेश सरकारको नीति छ । बहुउद्देश्यीय एकीकृत खानेपानी तथा सिंचाई आयोजना सञ्चालनको लागि संभावित क्षेत्रको पहिचान गर्ने, सर्वेक्षण गर्ने संघीय सरकार र विकास साँझेदारको सहयोगमा आयोजना सञ्चालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

लिफ्टिङ, डिप ट्युबवेल खानेपानी तथा सिंचाइको लागि लाग्ने विद्युत महशुलमा सहुलियतका लागि नेपाल सरकार ऊर्जा जलसस्रोत तथा सिंचाई मन्त्रालय तथा विद्युत प्राधिकरणसंग समन्वय गर्ने, खानेपानीको न्यूनतम महशुलमा सहुलियतका लागि स्थानीय तह तथा सरोकारवालासंग समन्वय गर्ने नीति पनि प्रदेश सरकारको रहेको छ । ऐतिहासिक कुवा, ढुङ्गेधारा, परम्परागत खानेपानीको स्रोतलाई सम्पदाकै रुपमा संरक्षण गर्ने बागमती प्रदेश सरकारले नीति लिएको छ ।

सुख्खा क्षेत्र पहिचान गरी स्वच्छ खानेपानी तथा सिंचाइका लागि पानी संकलन भण्डारण र वितरणको कायक्रम सञ्चालन गर्ने, वृहत सिंचाइ आयोजनाको पहिचान, संरक्षण तथा छनोट गर्ने, सेवाबाट वञ्चित समुदाय तथा क्षेत्रका लागि शुद्ध खानेपानी तथा सरसफाई सेवाको सुनिश्चितताको लागि खानेपानी तथा सरसफाई स्वच्छता योजना कार्यान्वयनलाई निरन्तरता दिने प्रदेश सरकारको नीति छ । सहलगानीमा सार्वजनिक शौचालयहरु निर्माण गर्ने समेत बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रममा समेटिएको छ ।

पालिका प्रेस
थप जानकारी