हेटौंडा उपमहानगरपालिकाले सञ्चालन गरेको पदमपोखरी अस्पतालबाट १६९ जनाले दन्त सेवा लिएका छन् । हेटौंडा अस्पतालसँगको सहकार्यमा सञ्चालन भएको निःशुल्क बिशेषज्ञ सहितको शिविरबाट बजार सम्म सहज पहुँच नभएका स्थानियले स्वास्थ्य सेवा लिएका हुन् ।

१५ जेठमा भएको शिबिरमा १०४ जनाको उपचार गरीएकोमा ३० जनाको दाँत निकालिएको र अन्यलाई ओपिडि सेवा दिइएको अस्पतालका शेरबहादुर ब्लोनले जानकारी दिए । १ दिने शिबिरमा हेटौंडा अस्पतालका बिशेषज्ञ डाक्टरहरु करुणा ब्लोन र अस्मित पोखरेलले सेवा दिएका थिए ।
शिबिरको हेटौंडा उपमहानगरपालिकाका नगरप्रमुख मीनाकुमारी लामाले उद्घाटन गरेकी हुन् । शिविरको उद्घाटन गर्दै उपमहानगरले स्थानिय तहमा सञ्चालन गरेको दुई अस्पताललाई व्यवस्थित गर्दै लैजानका लागि योजना बनाएर अघि बढेको बताइन् । पहिलो चरणमा जनधनत्वलाई ध्यान दिँदै १३ र १६ मा सञ्चालन गरेको अस्पतालमा चिकित्सक व्यवस्थानका लागि काम भैरहेको जानकारी दिइन् । शिबिरको उद्घाटन कार्यक्रममा वडामा सक्रिय रहेका पाँच जना सामुदायीक महिला स्वयम सेविकालाई सम्मान गरीएको थियो । स्वास्थ्य सेवाका लागि सक्रिय रहने गंगाकुमारी चौंलागाई, मीना स्याङतान, सुनिता मोक्तान, सपना मोक्तानलाई नगद ७ हजार रुपियाँ सहित दोसल्ला ओडाएर नगर प्रमुख लामाले सम्मान गरेकी हुन् ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवम् हेटौंडा १३ का अध्यक्ष पेम्बा लामाको अध्यक्षतामा भएको कार्यक्रममा वडासदस्यहरु मञ्जु गोम्जा, उत्तम गोम्जा, सानुुमाया नेपाली अस्पताल व्यवस्थापन समितिका सदस्य बिष्णुमाया लामा, अस्पतालका मेडिकल अधिकृत डा.निशान अर्याल, हेटौंडा उपमहानगरपालिकाका अहेब केशब तिमल्सिना, बाल सहजकर्ता निसा कट्टेल लगाएतको आतिथ्यता रहेको थियो ।

पालिका प्रेस
थप जानकारी