
बागमती प्रदेश सरकारले अन्तरसरकारी वित्तीय हस्तान्तरण अन्तर्गत थाहा नगरपालिकालाई विशेष र समपुर गरी ३ वटा योजनालाई बजेट विनियोजन गरेको छ । आर्थिक वर्ष २०८१/०८२ को १ असारमा सार्वजनिक बजेट वक्तव्य मार्फत योजना र बजेट थाहा नगरपालिकालाई प्रदेश सरकारले पठाएको हो ।
थाहा नगरपालिकालाई बागमती प्रदेश सरकारले विशेष अनुदान वृहत खानेपानी आयोजना थाहा–८ लाई ६५ लाख बजेट पठाएको छ । त्यसैगरी समपुरक अनुदानमा फेदीगाउँ त्रिवेणी खोला बस्ती बचाउ थाहा–२ का लागि १ करोड ५० लाख र नारायणहिटी कुश्लेचौर भेडा फार्म जाने बाटो थाहा–९ को लागि १ करोड १५० लाख बजेट विनियोजन भएको छ ।
प्रतिक्रिया दिनुहोस्