बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले प्रदेश सरकारको मुख्य प्राथमिकता भनेको खानेपानी रहेको बताएका छन् । खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघको आयोजना तथा खानेपानी, उर्जा तथा सिंचाइ मन्त्रालय र खानेपानी तथा सरसफाइ डिभिजन नम्बर–१ हेटौंडाको सहकार्यमा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिहरुको बागमती प्रदेश स्तरिय क्षमता अभिबृद्धी गोष्ठीको हेटौंडामा उद्घाटन् गर्दै उनले यस्तो बताएका हुन् ।

खानेपानीमा अन्तको बजेट काटेर भएपनि काम गर्नुपर्ने उनले बताए । खानेपानीका वहुवर्षिय योजनाहरुमा बजेट सुनिश्चित गरिएको उनले बताए । बजेट बनाउँदा पनि खानेपानीमा प्राथमिकता दिइएको उनले बताए । कार्यक्रममा बागमती प्रदेशका खानेपानी, उर्जा, तथा सिंचाइ मन्त्री एकालाल श्रेष्ठले खानेपानीको समस्या हल गर्नका लागि सबै एक हुने बेला आएको बताए । संघीय सरकारले खानेपानीका योजनामा एक लाख रुपैयाँ समेत बजेट हालेको उनले बताए । खानेपानीका योजनामा बजेटले प्राथमिकता दिइएको उनले बताए ।


कार्यक्रममा खानेपानी उपभोक्ता महासंघका राष्ट्रिय अध्यक्ष राजेन्द्र अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा उद्योग, वाणिज्य तथा वातावरण समितिका सभापति आनन्द कुमार श्रेष्ठ, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, मन्त्रालयका सचिब इन्द्रदेव भट्ट, खानेपानी तथा सरसफाइ डिभिजन नम्बर–१ हेटौंडाका प्रमुख हरिराम पौडेल लगाएतकाको आतिथ्यता रहेको थियो ।

पालिका प्रेस
थप जानकारी