मकवानपुरको इन्द्रसरोवर ताल । यहाँ डुङ्गा चढेर मनोरञ्जन लिने पर्यटहरुको घुईचो लाग्छ । शुक्रबार/शनिबार त आन्तरिक पर्यटकले भरिभराउ हुन्छन् । बाह्यि पर्यटकको पनि उत्तिकै ओइरो लाग्छ । इन्द्रसरोवर नेपालकै पहिलो मानव निर्मित ताल हो । कुलेखानी जलविद्युत आयोजनाको लागि पानी संकलनका लागि यो ताल बनाइएको हो ।

यहि तालको नामबाट गाउँपालिकाको नाम पनि इन्द्रसरोवर राखिएको छ । पालिकाका अध्यक्ष जीवन लामा हुन् भने उपाध्यक्ष उमाकुमारी लामा हुन् । पालिकाले तालको पर्यटन प्रवद्र्धनका लागि विभिन्न योजना तथा कार्यक्रहरु संचालन गर्दै आएको छ ।

फोटोहरूः  विश्व बहादुर लामा/पालिका प्रेस

 

पालिका प्रेस
थप जानकारी