थाहा नगरपालिकामा संचालित समुदायमा आधारीत प्रशामक सेवाको सहकार्यमा थाहा नगरपालिका वडा नम्बर ३ की ९ वर्षिय सुप्रीया लिम्बुलाई ह्विलचियर सहयोग गरिएको छ ।

थाहा नगरपालिका वडा नम्बर ३ का अध्यक्ष हिरेन्द्र कुमार रायमाझीको पहलमा ग्लोबल डेभलपमेन्टल डिले बालबालिकाको उमेर अनुसार वृद्धि विकास नभएको GDD with epilepsy भएको बालिकालाई ह्विलचियर प्रदान गरिएको प्रशामक सेवा संयोजक चिनिया लामाले बताए ।

वडा नम्बर ३ का अध्यक्ष हिरेन्द्र कुमार रायमाझी, चेतनशील महिला सहकारीका अध्यक्ष शकुन्तला गोपाली, रिटर्नी सेन्टरका नगर संयोजक सुजन लामा, थाहा नगरपालिकाका प्रेस संयोजक शम्भु अधिकारी, सहितको टोली घरमै पुगी ह्विलचियर हस्तान्तरण गरेका थिए ।

पालिका प्रेस
थप जानकारी