मकवानपुरको मनहरीमा जारी फुटबल प्रतियोगताको फाइलनमा कैलाश एफसीले स्थान पक्का गरेको छ । पहिलो संस्करणको मिलन–धर्मराज स्मृति फुटबल प्रतियोगिताको फाइनलमा आयोजक सिम्पानी युथ क्लबलाई हाराउँदै कैलाश एफसी फाइनल प्रवेश गरेको हो ।

२८ असारमा मनहरी–८ स्थित सिम्पानी मैदानमा भएको पहिलो सेमिफाइनल खेलमा आयोजक सिम्पानीलाई १–० गोल अन्तरले पछिपार्दैै कैलाश फाइनलमा प्रवेश गरेको हो । कैलाशको जीतमा अभिषेक लामाले निर्णायक गोल गरेका हुन् । उनले खेलको दोस्रो हाफको १२ औं मिनेटमा एक गोल गर्दै कैलाशलाई फाइनमा प्रवेश गराएका हुन् । खेलको म्यान अफ द म्याच कैलाशको तर्फबाट निर्णयक गोलकर्ता लामा घोषित भएका छन् ।

२९ असारमा हुने अन्तिम सेमीफाइनल खेलमा हासु एफसी र इन्टरनेट सिटीबीच प्रतिस्पर्धा हुनेछ भने दुई समूहको विजेता टिमले सोमबार उपाधिका लागि कैलाशसँग प्रतिस्र्धा गर्नुपर्नेछ । सो खेलका विजेताले फाइनलमा कैलाश एफसीसंग प्रतिस्पर्धा गर्नेछन् ।

३० असारसम्म हुने खेलको उपाधि विजेता टिमले एक लाख रुपैयाँ, उपविजेता टिमले ५० हजार रुपैयाँ सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने यस्तै, विधागततर्फ उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर र सर्वाधिक गोलकर्तालाई ५–५ हजार रुपैयाँको नगद राशि र प्रमाणपत्र प्राप्त गरिनेछ । यस्तै, प्रतियोगिता अवधिभरको सर्वोकृष्ट खेलाडीले ७ हजार रुपैयाँ र ट्रफि प्राप्त गर्नेछन् । प्रतियोगिता आयोजनाका लागि करिब ९ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ ।

पालिका प्रेस
थप जानकारी