
मकवानपुर थाहा नगरपालिका वडा नम्बर ८ को इन्द्रायणी माध्यमिक विद्यालयको अभिभावक भेला भएको छ । विद्यादय व्यवस्थापन समितिका अध्यक्ष हेम कुमार थिङको अध्यक्षतामा ३१ असारमा भएको भेलामा गत शैक्षिक सत्रको आयव्यय प्रस्तुत गरिएको थियो ।
भेलामा विद्यालयका प्रधानाध्यापक नारायण बहादुर कार्कीले प्रस्तुत गरेको १ करोड ७ लाख ५३ हजार रुपैयाँ बराबरको आयव्यय पारित भएको छ । भेलाको अवसरमा विद्यालयमा गत शैक्षिकसत्रमा सम्पन्न अतिरिक्त क्रियाकलापमा उत्कृष्ट शिक्षक तथा विद्यार्थीहरुलाई पुरस्कृत गरिएको छ ।
कार्यक्रमको अवसरमा एसईई परीक्षा २०८० मा उतीर्ण हुने विद्यार्थीहरुलाई नगद ५ हजारसहित सम्मान गरिएको छ । त्यसैगरी कक्षा १ देखि १० सम्म अध्यनरत दलित विद्यार्थीहरुलाई जनही ४ सयको दरले छात्रवृत्ति प्रदान गरिएको विद्यालयका प्रधानाध्यापक नारायण कार्कीले जानकारी दिए ।
भेलामा एसइई परीक्षा २०८० का उत्कृष्ट विद्यार्थी स्वदिप थापा तथा एसइई परीक्षामा शतप्रतिशत नतिजा हासिल गर्ने विषय शिक्षक सरस्वती कार्कीलाई उत्कृष्ट शिक्षकको रुपमा सम्मान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्