मकवानपुरको विकट राक्सिराङ गाउँपालिका भित्रका विभिन्न वडामा अबैध रुपमा लगाइएको लागूऔषध गाँजा र अफिम खेती फडानी गरिएको छ । यसअघि कैलाश गाउँपालिका क्षेत्रका गाँजा र अफिम खेती फडानी गरिएपनि अहिले भने राक्सिराङमा फडानी गरिएको हो । “अवैध लागुऔषध गाँजा र अफिम उत्पादन तथा खेती नियन्त्रण कार्यक्रम अन्तरगत लागु औषध ब्यूरो कोटेश्वर, बागमती प्रदेश दंगा नियन्त्रण प्रहरी गण हेटौडा, र जिल्ला प्रहरी कार्यालय मकवानपुरको संयुक्त टोलीले फडानी गरिएको हो ।
प्रहरी निरीक्षक सुमन बाँनियाको कमाण्डमा ५० जनाको टोलीले राक्सीराङ गाउँपालिका अन्तर्गतका वडाका एरियाहरुमा तथा लागु औषध ब्यूरो कोटेश्वर, बागमती प्रदेश सशस्त्र प्रहरी गण रातोमाटे र जिल्ला प्रहरी कार्यालय मकवानपुरको संयुक्त टोली प्रहरी निरीक्षक कविर प्रधानको कमाण्डमा ५० जना कैलाश गाउँपालिका अन्तर्गतका वडा एरियाहरुमा एक सय जना नेपाल प्रहरीको टोली र सशस्त्र प्रहरी बल नेपालको ३० जनाको टोली संयुक्त रुपमा अवैध लागुऔषध गाँजा तथा अफिम खेती फडानी गरिएको हो ।
फडानी कार्यको लागी खटि गएकोमा राक्सिराङ र कैलाश गाउँपालीका अन्तर्गतका विभिन्न वडाहरुमा फडानी गरिएको प्रहरीले जनाएको छ ।

















































पालिका प्रेस 















प्रतिक्रिया दिनुहोस्