नेपाल तमु विद्यार्थी छोंज धीं जिल्ला समिति मकवानपुरको दोश्रो जिल्ला अधिवेशन थाहा नगरपालिकाको साहारा रिसोर्टमा भएको छ। सम्पुर्ण तमु (गुरुङ)विद्यार्थी एकजुट हौं, गुरुङहरुको भाषा, धर्म कला र सस्कृती संरक्षण अभियानमा सरिक हौं भन्ने नाराका साथ ३१ साउनमा अधिवेशन गरिएको हो ।

नेपाल तमु विद्यार्थीका केन्द्रिय अध्यक्ष बिश्वराज तमुको प्रमुख आतिथ्यतामा भएको अधिवेशनको विशिष्ट अतिथी थाहा नगरका उपप्रमुख भरत गोपाली र थाहा ५ का वडा अध्यक्ष बिष्णु बहादुर गुरुङ रहेका थिए । अधिवेशनको प्रमुख अतिथी तथा अतिथिहरुले संयुक्त रुपमा उद्घाटन गरेका थिए । मकवानपुर जिल्ला संयोजक दिनेश गुरुङको अध्यक्षतामा सम्पन्न अधिवेशनमा थाहा नगरका उपप्रमुख भरत गोपालीले गुरुङ समुदायको कला, संस्कृती, भेषभुषा, भाषा संरक्षणमा थाहा नगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

प्रमुख अतिथी तमु विद्यार्थीको केन्द्रिय अध्यक्ष बिश्वराज तमुले गुरुङ जातीको भाषा संस्कृति, धर्म संस्कार र लिपि जोगाउनु आवश्यक रहेको बताउदै संरक्षणको लागि पुस्तान्तरण हुनुपर्नेमा जोड दिनुहुदै बागमती प्रदेशमा गुरुङहरुमा भाषाको समस्या रहेको बताए । अधिवेशनले दिनेश तमुको अध्यक्षतामा २३ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको छ।समितिको उपाध्यक्षमा रोजिना गुरुङ, सचिव निता गुरुङ, कोषाध्यक्ष सुस्मिता गुरुङ, सहसचिवमा प्रमिसा गुरुङ रहेको २३ सदस्यीय जिल्ला समिति गठन गरेको छ । समितिको सदस्यहरुमा अन्जु गुरुङ, ममता गुरुङ, शुसान्त गुरुङ, चन्चली गुरुङ, स्वीकृति गुरुङ, रोनिका गुरुङ, आशिका गुरुङ, सुजित गुरुङ (क) दिलिप गुरुङ, शिशिर गुरुङ, सिर्जना गुरुङ, सबिन गुरुङ, पुजन गुरुङ, िशशिर गुरुङ र एलिजा तमुस्यो रहेका छन।

समितिमा शैक्षिक विभागमा सुस्मिता गुरुङ, प्रचार बिभाग प्रमुखमा संजित गुरुङ, शिरीष गुरुङ संगठन विभाग प्रमुखको जिम्मा दिएको छ । अधिवेशनलाई प्रमुख अतिथि ,बिशिस्ट अतिथीलगायत तमु विद्यार्थीका केन्द्रिय महासचिव पवन गुरुङ, केन्द्रिय संगठनका उपाध्यक्ष युवराज गुरुङ, तमु विद्यार्थी बागमती प्रदेश अध्यक्ष अनिल गुरुङ, केन्द्रिय सदस्य सबिन तमु, तमु विद्यार्थी केन्द्रिय प्रचारप्रसार विभाग संयोजक बिष्णुराज गुरुङ,गुरुङ परिषद ह्युला मकवानपुरका अध्यक्ष केशर बहादुर गुरुङ, गुरुङ तमु ह्युला इकाई समिती फुर्केका अध्यक्ष सानुकान्छा गुरुङले अधिवेशन सफलताको शुभकामना दिएका थिए ।

पालिका प्रेस
थप जानकारी