रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिकाले ८० देखि १०२ वर्ष सम्मका उमेर पुगेका जेष्ठ नागरिकहरूलाई सम्मान गरेको छ । २५ माघमा एक कार्यक्रमको आयोजना गरी नगरपालिकाले वडा नम्वर ४ को वडा कार्यालय परिसरमा जेष्ठनागरिकहरुलाई सम्मान गरेको हो ।

सो कार्यक्रमा ६० जना जेष्ठ नागरिकलाई सम्मान गरिएको नगरपालिकाले जनाएको छ । कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिका उपप्रमुख जागेश्वरी चौधरीले जेष्ठ नागरिकको सकारात्मक अनुभवलाई नयाँ पुस्ताले अंगिकार गर्नुपर्नेमा जोड दिए ।

त्यस्तैवडा नम्वर ४ का वडा अध्यक्ष दिवाकर ढकालले समाजिक उत्तरदायित्व अन्तरगत जेष्ठ नागरिकलाई सम्मान गरिएको बताउनुभयो । कार्यक्रममा माओवादि केन्द्र नगर अध्यक्ष वेल प्रसाद शर्मा, एमाले वडा अध्यक्ष शंकर कपुर जिसीलगाएतले बाेलेका थिए ।

कार्यक्रमको सञ्चालन वडा सचिव काशिराम ज्ञवालीले गरेका थिए । कार्यालयमा आउन नसक्ने जेष्ठ नागरिकलाई घरमै गएर सम्मान गरिएको थियो ।

पालिका प्रेस
थप जानकारी