राष्ट्रिय बाल दिवसको अवसरमा थाहा नगरपालिकाको आयोजनामा भएको नगरस्तरीय अन्तर माध्यमिक विद्यालय वक्तृत्वकला प्रतियोगितामा सुनौला माध्यमिक विद्यालयकी आकृती गोपाली प्रथम भएकी छिन । वडा नम्बर १ मा रहेको विद्यालयकी छात्रा गोपाली नगद ५ हजारसहित पुरस्कृत भइन् ।
प्रतियोगितामा इअन स्कुल बज्रवाराहीकी बेबी गोपाली दोस्रो भइन् । बज्रबाराही माविका रिता देवी स्याङ्तान र सरस्वती विद्या मन्दिर बज्रवाराहीकै अभिषेक जैसवाल तेस्रो भएका छन् । दोस्रो र तेस्रो हुनेले क्रमशः नगद ३ हजार र २ हजारसहित पुरस्कृत भएका छन् । विजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथी तथा थाहानगर प्रमुख विष्णु बहादुर विष्टले पुरस्कार वितरण गरेका छन् ।
“बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी” भन्ने मूल नारासहित मनाइएको ६९औं दिवसको अवसरमा भएको प्रतियोगितामा थाहानगरका ११ विद्यालयको सहभागिता रहेको थियो स। सहभागीहरुलाई थाहा नगरपालिकाका शिक्षा शाखा प्रमुख प्रमुख माधवबिक्रम मल्लले स्वागत गरेका थिए । प्रतियोगिताको निर्णायकहरुमा रत्न बहादुर शाही, लोकेन्द्र ठाकुर र विनोद अर्याल रहेका थिए ।
महिला बालबालिका जेष्ठ नागरिक तथा अपाङ्गता परिचयपत्र वितरण समितिकी संयोजक अनिता बलको अध्यक्षतामा कार्यक्रम भएको हो । सो अवसरमा नगर प्रमुख बिष्टले बालमैत्री समाजबाट सहभागितामुलक विकास हुने उल्लेख गरे । विष्टले बालबालिकाको समुन्नत विका र उनीहरुको भविष्य उज्ज्वलका लागि पालिकाले योजना तर्जुमातथा कार्यान्वयन गर्दै आएको बताए । बालअधिकारको सवाल नेपालका कानूनहरुमा व्यवस्था भएको बताउँदै विभिन्न सन्धी र महासन्धीलाई कार्यान्वयन गराउन नगरपालिका प्रतिवद्ध रहेको उनको भनाइ रहेको थियो ।

नगर शिक्षा अधिकृत सुर्य थिङले संचालन गरेको कार्यक्रममा नगर बाल संजालकी अध्यक्ष खुशी गोपाली, जनकल्याण माविका प्रधानाध्यापक सानोभाइ कार्की, नगर शिक्षा समिती सदस्य हरिकृष्ण कार्की, अर्जुन सुनार, कार्यपालिका सदस्य सविता सुनार, सामाजिक बिकास शाखा प्रमुख अनिल लामिछाने, कार्यपालिका सदस्य जनक बिक, प्याब्सन थाहा नगर अध्यक्ष सुरेन्द्रमान प्रधानलगायत विभिन्न विद्यालयका शिक्षकहरुको समेत आतिथ्यता रहेको थियो ।




















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्