थाहा नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा शिक्षकहरुका लागि एकदिने आँखा, नाक, कान, घांटी तथा मुख स्वास्थ्य सम्बन्धि अभिमुखीकरण कार्यक्रम १ असोजमा भएको छ । पालिकाको सभाहलमा भएको कार्यक्रममा प्राथमिक विद्यालयका २५ जना शिक्षकहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रमका सहभागीहरुलाई पालुङ प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर पवन कार्कीले सहजीकरण गरेका थिए । डाक्टर कार्कीले विशेषतः आखाको हेरचाह, स्वस्थ आखाको पहिचान, आखाको प्रमुख रोगहरु उपचार नियन्त्रण, कानका प्रमुख समस्या, कानबाट पिप बग्ने तथा संक्रमण हुने लगायतको विषयमा सहजीकरण गरेका थिए । उनले सो अवसरमा कान चिलाउने कान दुख्ने कान कम सुन्ने कानमा बाहिरी वस्तु पस्नु रिंगटा लाग्ने कानमा संक्रमण हुने कारणहरु, नाकको प्रमुख समस्याहरु रोकथाम प्राथमिक उपचार घाँटीको र मुखको प्रमुख समस्या र तिनको प्राथमिक उपचारको बारेमा समेट उनले सहभागीहरुलाई जानकारी गराएका थिए ।

कार्यक्रमका सहभागीहरुलाई दैनिजसो बालबालिकासंगै हुने शिक्षकले तालिममा सिकेका कुरलाई व्यवहारमा उचार्नु आवश्यक भएको औल्याए । तालिम समापन कार्यक्रममा थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी, शिक्षा शाखा प्रमुख माधव विक्रम मल्ल, स्वास्थ्य शाखा प्रमुख मेघराज बलामीलगायतकाको विशेष उपस्थिती रहेको थियो ।

पालिका प्रेस
थप जानकारी