मकवानपुरको थाहानगरमा वर्षेनी संचालन हुने बिनयबाबु स्मृति जिल्लास्तरीय रनिङ शिल्ड भलिवल प्रतियोगितको सातौं संस्करण यहि १४ कार्तिकदेखि चारदिनसम्म हुने भएको छ ।

थाहा नगरपालिका २ फाँटबजारमा बिनयबाबु बस्नेत स्मृति प्रतिष्ठानले प्रतियोगिताको आयोजना गर्दै आएको छ । मकवानपुर जिल्लाको स्थायी बसोबास भएका खेलाडीले मात्र सहभागिता जनाउन पाइने भएको छ । प्रतियोगिताले पालुङका बिनयबाबु बस्नेतको स्मृतिका साथै खेल क्षेत्रको समेत वृद्धिविकास हुने गरेको प्रतिष्ठानका अध्यक्ष शंकर कार्कीले बताए ।

प्रतियोगितामा प्रथम हुने टिमलाई ५५ हजार ५ सय ५५ रुपियाँ, द्वितीय टिमलाई २८ हजार ८ सय ८ रुपियाँ र तृतीय हुने टिमले ११ हजार१ सय ११ रुपैयाँ विजयी टिमहरुलाई शिल्ड, मेडल र प्रमाणपत्रको साथै विधागत तर्फ उत्कृष्ट हुने खेलाडिलाइ नगद सहित पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष कार्कीले बताए । अघिल्लो वर्षको उपाधी आयोजकलाई पराजित गर्दै मंगलेश्वर युवा क्लवले हात पारेको थियो।

पालिका प्रेस
थप जानकारी