प्रथम जिल्ला स्तरीय मेयरकप स्नोकर प्रतियोगिता हुने भएको छ । हेटौंडा उपमहानगरपालिकाको सहयोगमा शनिबारदेखी प्रतियोगिता हुने भएको हो । बुद्ध स्नोकर हाउस र एस-वान स्नोकर क्लबको संयुक्त आयोजनामा प्रतियोगिता हुन लागेको मंगलबार पत्रकार सम्मेलन गर्दै जानकारी दिइएको थियो ।
प्रतियोगितको उद्घाटन खेल बुद्ध स्नोकर हाउसमा हुने र समापन खेल एस-वान स्नोकर क्लबमा हुने प्रतियोगिता व्यवस्थापक चन्द्र शाहीले बताए । प्रतियोगितामा प्रथम हुनेले ६० हजार नगद सहित प्रमाणपत्र र मेडल प्राप्त गर्नेछन् भने द्धितीय हुनेले ३० हजार, प्रमाणपत्र र मेडल, तृतीय र सान्त्वना हुनेले ६/६ हजार नगद, प्रमाणपत्र र मेडल प्राप्त गर्ने शाहीले बताए ।
त्यस्तै हाई स्कोर ब्रेकरले र राईजिङ्ग प्लेयरले ५/५ हजार नगद सहित प्रमाणपत्र र मेडल प्राप्त गर्ने शाहीले बताए । पत्रकार सम्मेलनमा बुद्ध स्नोकर हाउसका सञ्चालक सञ्जु लामा, एस-वान स्नोकर क्लबका सञ्चालक सुनील खड्गी, प्रतियोगिता व्यवस्थापक चन्द्र शाही लगायतको उपस्थिती रहेको थियो । प्रतियोगिता कार्तिक १३ गते समापन हुनेछ ।

















































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्