विनयबाबु स्मृति जिल्लास्तरीय रनिङ शिल्ड भलिबलको प्रतियोगितामा १७ कार्तिकमा सेमिफाइनलका खेलहरु हुँदैछन् । खेल विहान ८ बजेबाट हुने विनयबाबु स्मृति प्रतिष्ठानका अध्यक्ष शंकर कार्कीले जानकारी दिए ।
१६ कार्तिकको पहिलो क्वाटर फाईनल खेल आयोजक र थाहा ५ भएको थियो त्यसमा आयोजकले थाहा ५ लाई २–१ को सेटले दोस्रो क्वटर फाईनलमा प्रवेश गरेको हो । मंगलेश्वर युवा क्लबले हेडौटा १९ लाई २–० सोझो सेटमा तेस्रो क्वटर फाईनल मनहरीले योङस्टारलाई २–१ को अन्तरले पराजित गर्दै सेमीफाइनलमा प्रवेश गरेको हो
यस्तै ड्रिमर्सलाई कैलाश ५ ले २–० को सेटमा पराजित गरी सेमीफाइनलमा प्रवेश गरेको हो ।
१७ कार्तिक विहान ८ बजे पहिलो सेमीफाईनल आयोजक ‘ए’ र शसक्त युवा क्लवबीच हुनेछ । दोस्रो सेमिफाईनल खेल मंगलेश्वर र मनहरी गांउँपालिकाबीच हुने आयोजकले जनाएको छ । फाइनल खेल पनि १७ कार्तिक दिउँसो २ बजे हुने विनयबाबु स्मृति प्रतिष्ठानका अध्यक्ष शंकर कार्कीले जानकारी दिए । समापन तथा पुरस्कार वितरण कार्यक्रम थाहानगरका नगर प्रमुख विष्णु बहादुर विष्टको प्रमुख आतिथ्यतामा हुनेछ ।
मकवानपुरका १७ टिमको सहभागीता रहेको प्रतियोगितामा प्रथम हुनेलाई नगद ५५ हजार ५ सय ५५ रुपैयाँ, द्वितीयलाई २८ हजार ८ सय ८८ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । प्रतियोगितामा उत्कृष्ट पाँच विधा अन्तर्गत उत्कृष्ट खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट स्पाइकर र उत्कृष्ट ब्लकरलाई नगदसहित मेडल प्रदान गरिने छ । प्रतियोगिताको हरेक खेलमा म्यान अफ द म्याच प्रदान गरिने छ ।
प्रतिक्रिया दिनुहोस्