नेपाल संवत ११४५ को अवसरमा थाहानगरको पालुङ उपत्यकामा मोटरसाइकल ¥यालीसहित भिन्तुना कार्यक्रम सम्पन्न भएको छ । इन्द्रायणी चउरमा भेला भएर ओखर बजार, थाना बजार, शिखरकोट, गोपाली गाउँ, पालुङ शहर हुँदै पुनः इन्द्रायणी चउर पुगेर मोटरसाइकल ¥याली सम्पन्न भएको हो ।
¥याली समापन समारोहमा सुरेन्द्रमान प्रधान, निरञ्जन श्रेष्ठ र विकेश गोपालीले नेपाल संवतको महत्वको विषयमा बोलो थिए । समारोहको अवसरमा सुरेन्द्रमान प्रधानको अध्यक्षतामा ९ सदस्यीय भिन्तुना मुल समारोह समिति गठन भएको छ । समितिको सचिवमा विकेश गोपाली र कोषाध्यक्षमा निरञ्जन श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । समितिको सदस्यहरुमा राजकुमार प्रधान, सञ्जय प्रधान, विश्वमान प्रधान, सञ्जित श्रेष्ठ, हरिबहादुर गोपाली र सुशान्त गोपाली चयन भएका छन् ।
अबका दिनमा भिन्तुना कार्यक्रमलाई अझ व्यवस्थित गर्न समिति गठन गरिएको निरञ्जन श्रेष्ठले बताए । अहिलेसम्म पालुङ शहर, गोपाली गाउँ र ओखर बजारले आलोपालो प्रणालीमा भिन्तुना ¥यालीहरुको आयोजना गरिदै आएको थियो ।
नेपाल संवत ११४५ को अवसरमा थाहा ६ बज्रबाराही र थाहा १ कुन्छालबाट बाजागाजासहित ¥यालीसहित भव्य कार्यक्रम सम्पन्न भएको छ । ६ नम्बर वडाध्यक्ष राजनभक्त श्रेष्ठको प्रमुख आतिथ्यता र १ नम्बर वडाध्यक्ष सरोज प्रधानको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा विभिन संघसंस्था तथा साँस्कृतिक समुहका प्रमुखहरुको आतिथ्यता थियो । कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठ, विशिष्ट अतिथि प्रधान, विष्णु गोपाली, चित्रबहादुर बलामी, नरहरि गोपालीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम नारायण बहादुर बलामीको अध्यक्षतामा भएको हिराचन बलामीले बताए ।
कुन्छालमा विशेष साँस्कृतिक कार्यक्रमसहित नेपाल संवतको शुभकामना आदानप्रदान तथा तिहार विशेष कार्यक्रम भएको छ ।
प्रतिक्रिया दिनुहोस्