मकवानपुर थाहा नगरपालिकाको डाँडाबासमा २२ कार्तिकबाट शुरु भएको मैत्रीपुर्ण पुरुष भलिबल प्रतियोगिताको पहिलो दिन १० टिमको विजयी शुरुवात भएको छ ।
२२ कार्तिकमा भएको खेलमा आयोजक सल्ले राम्चे युवा क्लब ‘ए’ ले उनीउ चौर भलिबल टिमलाई पराजित गरी विजयी भएको छ भने थाहा–३ ले ग्रिन कमेडी थाहा–७ लाई पराजित गरी विजयी भएको छ । थाहा–५ ले कैलाश–५ ‘ए’ लाई पराजित गरी विजयी भएको छ । थाहा–२ ले ग्रिन कमिटीलाई पराजित गरी विजयी भयो भने थाहा–४ ले साइनिङस्टार बतासेलाई परािजत गरी विजयी भएको छ ।
त्यस्तै सशक्त युवा क्लबले कैलाश–५ लाई पराजित गरि विजयी भएको छ । थाहा–१ ले थाहा ८ लाई पराजित गरी विजयी भएको छ । त्यस्तैगरी सल्ले राम्चे युवा क्लब ‘बी’ ले थाहा–१ लाई पराजितत गरेको छ भने चण्डेश्वरी थाहा–७ ले खेलकुद विकास समिति थाहा–६ लाई पराजित गरी विजयी भएको छ । २२ कार्तिकमै भएको अन्तिम खेलमा थाहा १० ले योङ ब्वाइज थाहा–२ लाई पराजित गरी विजयी भएको छ ।
प्रतियोगिताको २२ कार्तिकमा एक समारोहकाबीच थाहा नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष शिवराज थिङले उद्घाटन गरेका थिए ।
थाहा नगरपालिका वडा नम्बर ७ को पर्यटन प्रवद्र्धनका लागि आयोजित प्रतियोगितामा थाहा नगरपालिका र कैलाश गाउँपालिकाका भलिबल टिमहरुको सहभागिता रहेको छ । दुई पालिकास्तरीय प्रतियोगितामा २० वटा टिमले प्रतिस्पर्धा भइरहेको संयोजक सुजिन्द्र गोलेले जानकारी दिए । ७ नम्बर वडाको डाँडाबास खेल मैदानमा हुने प्रतियोगिता २५ कार्तिकसम्म सञ्चालन हुनेछ ।
प्रतियोगिताका विजयी टिमले ५१ हजार १ सय ५१ रुपियाँ, द्वितीय हुनेले ३१ हजार १ सय ३१ रुपियाँ र तृतीय हुनेले १३ हजार १ सय १३ रुपियाँ नगदसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने संयोजक गोलेले जानकारी दिए । प्रतियोगितामा उत्कृष्ट खेलाडी तथा विधागत उत्कृष्टहरुलाई नगदसहित शिल्ड र प्रमाणपत्र प्रदान गर्ने आयोजकले जनाएको छ ।
सल्ले राम्चे युवा क्लबको आयोजनामा हुने प्रतियोगिताको सहआयोजक हिमशिखर बचत तथा ऋण सहकारी संस्था थाहा–७ डाँडाबास रहेको छ । थाहा नगरपालिका वडा नम्बर ७ मुख्य सहयोगी रहेको प्रतियोगिताको अफिसियल मिडिया पार्टनहरु पालिका प्रेस डटकम, थाहा टाइम्स र थाहापाटी रहेका छन् ।

















































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्