लोक सेवा आयोगले इन्जिनियरिङ सेवातर्फको ४९ उपसचिव पदमा बढुवाको सूचना तथा विज्ञापन स्थगित गरेको छ । सोमबार सूचना जारी गर्दै आयोगले राजपत्राङ्कित द्वितीय श्रेणीका कर्मचारी बढुवा गर्न गत ३० असोजमा प्रकाशित सूचना रद्ध गरेको हो ।

उच्च अदालत पाटनमा सो सूचना विरुद्ध परेको रिटमा १४ आत्तिकमा आन्तरिम आदेश जारी भएको थियो । ऊर्जा मन्त्रालय अन्तरगतका कर्मचारीहरु यो सूचना न्यायसंगत नभएको भन्दै अदालत गएका थिए । उनीहरुको मागअनुसार नै अदालतले अन्तरिम आदेश जारी गरेको थियो ।
यसअनुसार नेपाल इञ्जिनियरिङ सेवाका राज पत्रांकित द्वितीय श्रेणी, उपसचिव वा सो सरह पदका बढुवा सूचना र आन्तरिक प्रतिस्पर्धातर्फका विज्ञापनको दरखास्त संकलन समेत रोकिएको छ ।

आयोगले आइतबार यसबारे निर्णय गरेको थियो ।

पालिका प्रेस
थप जानकारी