प्रदेश लोक सेवा आयोग कोशीले कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ ।आयोगले आज एक सूचना जारी गर्दै खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्ने गरी प्रदेश निजामती सेवा तथा स्थानीय सरकार सेवाअन्तर्गत विभिन्न सेवा समूहका प्राविधिक तथा अप्राविधिक तर्फका सहायक स्तर पाँचौँ तहका पदहरूमा दरखास्त आह्वान गरेको हो ।
योग्यता पुगेका उम्मेदवारहरूले पुष १४ गतेसम्म र दोब्बर दस्तुर तिरेर पुष २१ गतेसम्म अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस्