लोक सेवा आयोगले राजपत्रांकित प्रथम श्रेणी (सहसचिव) र द्वितीय श्रेणी (उपसचिव) पदका विज्ञापनसम्बन्धी दरखास्त संकलनलगायतका सम्पूर्ण कार्यकारवाही स्थगन गरेको छ।

आयोगले आइतबार सूचना प्रकाशित गर्दै प्रशासन सेवाअन्तर्गत खुला, महिला, आदिवासी-जनजाति, मधेसी, दलित तथा अन्य समावेशी समूहका लागि जारी विज्ञापनहरू रद्द गरिएको जानकारी दिएको हो।

आयोगले असोज २९ गते प्रकाशित बढुवा, आन्तरिक प्रतियोगिता तथा खुला/समावेशी समूहका विज्ञापनहरूबारे उच्च अदालत पाटनले कार्तिक १२ र १४ गते जारी गरेको अल्पकालीन अन्तरिम आदेश कार्यान्वयन गर्ने क्रममा उक्त विज्ञापनका दरखास्त संकलनलगायतका सम्पूर्ण प्रक्रिया अर्को सूचना प्रकाशित नहुँदासम्मका लागि यथास्थितिमा राख्ने निर्णय गरेको जनाएको छ।

पालिका प्रेस
थप जानकारी