मकवानपुरको कैलाश गाउँपालिकामा ‘बृहत साँस्कृतिक कार्यक्रम तथा कृषि प्रदर्शनी मेला २०८१’ को आयोजना गरिने भएको छ ।
कालिका मेला व्यवस्थापन समितिको आयोजना तथा कैलाश गाउँपालिकाको आर्थिक सहयोगमा मेला हुने भएको हो । कला, संस्कृति, कृषि र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले कैलाश गाउँपालिका वडा नम्वर ३, कालिकाटारमा आयोजना हुने मेला मंसिर ३० गते र पुष १ गते गरी दुई दिनसम्म संचालन हुनेछ । मेलामा विशेष आकर्षणको रुपमा ऐतिहासिक मारुनी नाच प्रदर्शन हुने आयोजकले जनाएको छ ।
मेलामा दर्जन बढी स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुती रहनेछ । जसमा, चर्चितगायक उर्गेन दोङ, मकवानपुरे चर्चितगायक प्रकाश तामाङ, प्रतिमा अर्याल, र विनकुमार प्रजा, बालिका तामाङ, अविराम मोक्तान, डि.जे. च्याङ्बा, सुन्दर लामा, सजन चेपाङ, राजन लामा र माझी लगायतले प्रस्तुती दिनेछन् । मकवानपुरको चर्चित ब्याण्ड ‘सिक्स स्ट्रीङ ब्याण्ड’ र श्रृजना कलाकेन्द्रको प्रस्तुती पनि रहने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्