नेपालको संघीय सरकारले स्थानीय सरकारसँग बालश्रममुक्त पालिका घोषणा कार्यक्रम सञ्चालन गर्न अनुदानको लागि प्रस्ताव मागेको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासनमार्फत स्थानीय तहसँग प्रस्ताव मागेको परिपत्रमा उल्लेख छ । श्रम मन्त्रालयको पत्राचारअनुसार सामान्य मन्त्रालयले देशभरका सबै स्थानीय तहलाई पत्र पठाएको छ ।
बालश्रममुक्त स्थानीय तह घोषणा कार्यक्रम सञ्चालन गर्न अनुदानका लागि पुनः प्रस्ताव मागिएको जनाइएको छ ।
हेर्नुहोस् पत्रः
प्रतिक्रिया दिनुहोस्