मकवानपुर जिल्लास्तरीय खुला दौड प्रतियोगितामा बकैया गाउँपालिका वडा नम्बर ५ का राज कुमार गोले र थाहा नगरपालिका वडा नम्बर ५ की बबिता तामाङ थोकर प्रथम भएका छन् । पालुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २५औं रजत जयन्तीको अवसरमा १५ मंसिरमा आयोजित ५ किलोमिटर पुरुषतर्फको दौडमा गोलेले निर्धारित दुरी १७ मिनेट ५८ सेकेण्डमा पार गरे । महिलातर्फको ३ किलोमिटर दुरी भने थोकरले १३ मिनेट ६ सेकेण्डमा पार गर्दे जित हासिल गरेका हुन् ।
सो प्रतियोगितामा पुरुषतर्फ थाहा १ का हरीकृष्ण बलामीले निर्धारित दुरी १८।८ सेकेन्डमा पार गर्दै दोस्रो भ एभने थाहा ३ का बिजन सुनारले १८।१२ सेकेन्डमा निर्धारित दुरी पार गर्दै तेस्रो भएकाछन् ।
महिलातर्फ निर्धारित दुरी थाहा १ कि युनिशा बलामीले १३।३५ सेकेन्डमा पूरा गरी दोस्रो भइन् भने थाहा ६ बज्रवाराहीकी युनिशा लामाले १३।५५ मा पूरा गर्दै तेस्रो भएकी थिइन् ।
प्रथम, द्वितीय र तृतीय हुनेहरुले क्रमशः दश हजार, सात हजार र पाँच हजार सहित मेडल तथा प्रमाणपत्र पुरस्कार पाएका छन् । विजेता खेलाडीहरुलाई प्रमुख अतिथी थाहानगर खेलकुद विकास समिती संयोजक टिकाराम स्याङ्तान, पालुङ बहुउद्देश्यीय सहकारीका अध्यक्ष कृष्ण बहादुर बिष्ट, निर्णायक ईलाका प्रहरी कार्यालय पालुङका प्रमुख सविन बाबु अर्याल, संस्थाका कोषाध्यक्ष गुप्त बहादुर कार्की व्यवस्थापक प्रकाश पौडेलले संयुक्त रुपमा पुरस्कार वितरण गरेका थिए।
पालुङ बहुउद्देश्यीय सहकारी संस्थाका खेलकुद संयोजक यादवजंग रायमाझीको संयोजकत्वमा भएको प्रतियोगितामा ३३ जना पुरुष र ८ जना महिलाको सहभागिता रहेको थियो।
प्रतिक्रिया दिनुहोस्