मकवानपुर थाहा नगरपालिका ११ स्थित महांङ्काल युवा समाज र महाकाली देवी मन्दिरबाट विद्यालयलाई २ लाख ३० हजार रुपियाँ सहयोग जुटेको छ । स्थानीय महांकाल आधारभूत विद्यालयमा निजी स्रोतको शिक्षक व्यवस्थापनमा सहयोग पु¥याउन सो सहयोग गरिएको हो ।

युवा समाजका अध्यक्ष सुब्बा गोलेले युवा समाजको तर्फबाट १ लाख ३० हजार र मन्दिरको तर्फबाट १ लाखको चेक हस्तान्तरण गरिएको विद्यालयका प्रधानाध्यापक सचिन बलले जानकारी दिए । सो विद्यालयका अध्यक्ष जित बहादुर गोले, पूर्व अध्यक्ष मान बहादुर मोक्तान, सदस्य सानु गोले, सिर्जनाशिल टोल विकास समितिका संयोजक बिक्रम गोलेलगायतको सहभागितामा सो चेक हस्तान्तरण गरिएको हो ।

उक्त विद्यालयमा जम्मा ४ जना शिक्षक दरबन्दी र १ निमावि अनुदान मात्र रहेकोले विद्यालयमा शिक्षक अपुग छ । सो सहयोगले विद्यालयमा शिक्षक व्यवस्थापनमा टेवा पुगेको प्रधानाध्यापक बलले बताए ।

पालिका प्रेस
थप जानकारी