मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नं. २ मा ग्रामिण महिला स्वाबलम्बन संस्थाले बालश्रम न्युनिकरण सम्बन्धि दुई दिने अभिमुखिकरण कार्यक्रम सुरु गरेको छ । २९ माघमा शिखरकटेरी स्थित संस्थाको कार्यालयमा एक कार्यक्रमकाबिच विश्व शिक्षा, नेपालका कार्यक्रम निर्देशक रुपश्री जोशीले दुई दिने कार्यक्रम उद्घाटन गरेका हुन् ।

बालमैत्री स्थानीय तह घोषणाको तयारीमा रहेको मकवानपुरगढी गाउँपालिकालाई सहजिकरण गर्ने उदेश्य सहित बालअधिकार समितिका पदाधिकारीहरुलाई गुनासो सुनुवाई संयन्त्र, समुदायमा आधारित अनुसन्धान कार्यको प्रतिवेदन र बालश्रमको प्रोसेस ट्रेसीङ विषययाक अभिमुखिकरण तालिम गरिएको संस्थाका कार्यक्रम ब्यवस्थापक सोम बहादुर स्याङ्तानले बताए ।

No description available.

बालश्रम न्युनिकरण गर्नको लागि राष्ट्रिय गुरुयोजनामा सहयोग गर्न र नागरीक समाजलाई सहजिकरण गर्न गराउनको लागि तालिमको आयोजन गरिएको विश्व शिक्ष नेपालका बरिष्ठ तालिम अधिकृत तुल बहादुर बानियाँले बताए ।

विश्व शिक्षा नेपालको सहयोगमा भएको तालिमको उद्घाटन कार्यक्रममा संस्थाकी अध्यक्ष हर्कमाया रुम्बाको सभाअध्यक्ष रहेको थियो । कार्यक्रममा बालअधिकार समितिमा आवद्ध २० जनापदाधिकारीहरुको सहभागिता रहेको छ ।

विश्व शिक्षा नेपालले बालश्रम न्युनिकरणका लागि तीन बर्षे सक्रिय परियोजना अन्तर्गत बागमती, मधेश र लुम्बिनी प्रदेशका १६ वटा जिल्लामा कार्यक्रम संचालन गरिहेको छ । जसमा बागमती प्रदेशका काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, सिन्धुपाल्चोक र धादिङ्ग रहेका छन् । त्यस्तै मकवानपुरको मकवानपुरगढी, भिमफेदी र बकैंया गाउँपालिमा विश्व शिक्षा नेपालमा सहयोगमा ग्रामिण महिला स्वाबलम्बन संस्थाले कार्यक्रम संचालन गरिहेको छ ।

पालिका प्रेस
थप जानकारी