filter: 0; jpegRotation: 0; fileterIntensity: 0.000000; filterMask: 0; module:1facing:0; hw-remosaic: 0; touch: (-1.0, -1.0); modeInfo: ; sceneMode: Auto; cct_value: 0; AI_Scene: (-1, -1); aec_lux: 0.0; hist255: 0.0; hist252~255: 0.0; hist0~15: 0.0;

लायन्स क्लव अफ काठमाडौं आरम्भ देउरालीले मकवानपुरको थाहानगरका दुई विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । पौष १४ गते थाहा ११ स्थित कालिदेवी प्राविका ४९ जना र थाहा ९ स्थित जलदेवी प्राविका ४७ जना विद्यार्थीहरुलाई ट्राकसेट, टोपी, कापीकलम वितरण गरेको हो ।

कार्यक्रम लायन्स क्लव अफ थाहा पिसले समन्वय गरेको हो । काठमाडौं आरम्भ देउरालीका अध्यक्ष यमकुमारी रानाभाटको अध्यक्षतामा दुवै विद्यालयमा भएको कार्यक्रममा प्रमुख अतिथि लायन्स क्लव अन्तर्राष्ट्रिय ३२५ एमका सेकेन्ड भाइस गभर्नर रत्न पराजुली, सेक्रेटरियट चिफ उदय कुमार नेपाल, को चिफ एड्भाइजर माधव पाण्डे, गिता शर्मा चापागाई, डिपार्टमेन्ट हेड तथा थाहा पिसका संस्थापक अध्यक्ष सुरेन्द्रमान प्रधान, डिपार्टमेन्टको हेड कल्पना घिमिरे, रिजन चियर पर्सन दुर्गा थापा केसी, आरम्भ देउरालीका प्रथम उपाध्यक्ष कल्पना थापा, थाहा पिसमा द्वितीय उपाध्यक्ष निरज रायमाझी, सचिव दिपक थिङले न्यानो कपडा वितरण गरेका हुन् ।

कार्यक्रममा डिपार्टमेन्ट हेड तथा थाहा पिसका संस्थापक अध्यक्ष सुरेन्द्रमान प्रधानले लगातार ३ वर्षदेखि थाहाका ६ वटा विद्यालयमा न्यानो कपडा वितरण गरिसकेको बताँदै गरिब विद्यार्थीहरुको शिक्षाका लागि निरन्तर लागिरहने बताए ।

कार्यक्रममा को चिफ एड्भाइजर गीता शर्मा चापागाईंले आफूहरुको रोजाइ मकवानपुरको थाहा नगरपालिकाका ग्रामीण क्षेत्र रहेको बताइन् । सेक्रेटेरियट चिफ उदय कुमार नेपालले न्यानो कपडा मात्र नभई अन्य सहयोगको अपेक्षा भए लायन्स क्लव साथमा रहने बताए । प्रमुख अतिथि रत्न पराजुलीले लायन्स क्लव मार्फत मकवानपुरको ग्रामीण क्षेत्रमा सेवा गर्ने अवसर मिलेकोमा खुसी व्यक्त गरे । आरम्भ देउरालीका अध्यक्ष यमकुमारी रानाभाटले आफ्नो कार्यकालमा पनि थाहा नगरमा आएर सेवा गर्न पाएकोमा खुसी व्यक्त गरे ।

आरम्भ देउरालीले यस अघि थाहा ११ कै नागछेडा, १२ को लिति, थाहा १ को झम्केश्वरी, थाहा ४ को महाङ्कालमा न्यानो कपडा वितरण गरिसकेको छ ।

पालिका प्रेस
थप जानकारी