निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याव्सन) मकवानपुरको अध्यक्षमा पुनः विनोद सुवेदी सर्वसम्मत चयन भएका छन् । १९ पुसमा हेटौंडामा भएको प्याव्सन मकवानपुरको २० औँ वार्षिक साधारणसभा तथा नवौँ अधिवेशनले सुवेदीको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
यस्तै अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा राजकुमार नहर्की, उपाध्यक्षमा नविन केसी र लक्ष्मी श्रेष्ठ, सचिवमा विष्णुहरि सुवेदी, कोषाध्यक्षमा उपेन्द्र सुवेदी, सहसचिवमा रामबाबु सापकोटा, सहकोषाध्यक्षमा भरत सापकोटा चयन भएका छन् । यसैगरी सदस्यमा रमिता पाण्डे, गिता आचार्य र रिना आचार्य चयन हुनुभएको उपाध्यक्ष केसीले जानकारी दिए । प्याव्सन मकवानपुरका अध्यक्ष सुवेदीकै अध्यक्षता एवम् प्यावसन केन्द्रीय अध्यक्ष डीके ढुंगानाको प्रमुख आतिथ्यमा साधारणसभा तथा अधिवेशन भएको हो ।

कार्यक्रममा प्याव्सन केन्द्रिय उपाध्यक्ष आशिष श्रेष्ठ, महासचिव आरबी कटुवाल, बागमती प्रदेश समितिका अध्यक्ष केशवलाल श्रेष्ठलगायतको उपस्थिती थियो । नवनिर्वाचित समितिको कार्यकाल ३ वर्षको हुनेछ ।
यसैबीच प्याव्सन मकवानपुरले अधिवेशनकै अवसरमा विभिन्न व्यक्तिहरुलाई सम्मान तथा पुरस्कार समेत प्रदान गरेको थियो । प्याव्सनले पुर्व अध्यक्षहरु ऋषिराम आचार्य, आशिष श्रेष्ठ, मदन दाहाल, अनिल पाण्डे तथा शिक्षकहरु अरविन्द कुमार झा, उमा जर्घा मगर र सन्दीप ठाकुरलाई दोसल्ला तथा सम्मानपत्रद्धारा सम्मानित गरेको थियो । भने, पत्रकार बालकृष्ण अधिकारी, सुबास बिडारी र जमुना थिङलाई नगद ५ हजार रुपैयाँसहित पुरस्कृत गरेको थियो ।

















































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्