भीमफेदी गाउँपालिका वडा नम्बर ९ मा रहेको को लेकाली बसिफाँट माविको अध्यक्षमा भरत रुम्बा चयन भएका छन् ।

विद्यालयमा २० पुसमा भएको ३२ औं अभिभावक भेलाबाट रुम्बा अध्यक्ष चुनिएका हुन् । पालिकाको वडा नम्बर ९ का अध्यक्ष प्रकाश पुडासैनीको प्रमुख आतिथ्यता भएको भेलामा भीमफेदी गाउँपालिकाका शिक्षा शाखा प्रमुख चक्र साउदको विशिष्ट आतिथ्यता रहेको थियो । भेला विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिनोद कुमार लामाको सभाध्यक्षतामा भएको थियो ।

२० पुसमै भएको भेलाले दिनेश मोक्तानको अध्यक्षतामा शिक्षक अभिभावक समिती समेत गठन गरेको छ ।

लेकाली बसिफाँट माविमा १२ वर्ष ६ महिना १८ दिन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रहेर कुशल जिम्मेवारी बहन गरेका निवर्तमान अध्यक्ष बिनोद कुमार लामालाई विद्यालयले सम्मान सहित बिदाई गरेको छ ।

पालिका प्रेस
थप जानकारी